समाचार

संसद गत्यारोध खुलाउन सत्तारूढ दलहरूबीच छलफल

३१, साउन, काठमाडौँ। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल गरेका हुन्। बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।