३१ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।
बुधबार अध्यक्ष ओली राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति भवन सितलनिवास पुगेका थिए । उक्त भेटमा राजनीति र संसदका गतिरोधका विषयमा छलफल भएको राष्ट्रपति सचिवालयले जनाएको छ ।
त्यस्तै, राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा निराशा बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए ।





