समाचार

ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये २ जना रिहा

३१ साउन, काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई रिहा गर्न आदेश दिएको हो ।

उनीहरुलाई उमेर र स्वास्थ्यको कारण देखाएर रिहा गर्न आदेश दिएको अदालतले मुद्दा बुझाउँदा सँगै उपस्थित गराउन भनेको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए । अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ ।