१ भदौं, काठमाडौं । कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जनताले निशुल्क उपचार नपाएसम्म आफूले राज्य कोषबाट उपचार खर्च नलिने बताएका छन्।
आज कांग्रेस निकट निजामती कर्मचारीको भेलामा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले अघि भने, “जबसम्म गरिब जनतालाई राज्यले नि:शुल्क उपचार गर्न सक्दैन तब सम्म राज्यको कोषबाट उपचार खर्च एक रुपैंया पनि लिन्न ।”
त्यस्तै, मन्त्री गुरुङले उपचारका लागि आफू अस्पताल भर्ना हुँदा त्यहाँका कर्मचारीले उपचारमा ठूलो रकम खर्च भएको र त्यो रकम राज्यकोषबाट लिन सुझाव समेत दिने गरेको बताए । उनले मन्त्रिपरिषदबाट उपचार खर्च आँफै लिनुहोला भन्दै सुझाब दिने गरेको बताए ।





