राजनीति

आइतबारदेखि संसद्को अवरोध हट्छ : प्रधानमन्त्री 

२ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबारदेखि संसद्को अवरोध हट्ने बताएका छन् ।

आज बिहान स्व.रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्रीले  उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले संसद् गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको बताउँदै आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउने बताएका छन्  ।