समाचार

वडाध्यक्ष घिमिरे जंगलमा मृत अवस्थामा भेटिए

२ भदौ, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

शनिबार बिहान करिब साढे सात बजे घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ जंगलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताए ।

वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा बिहान करिब पाँच बजे एउटा स्टाटस लेखेका थिए । उनले स्टाटसमा लेखेका थिए, ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’

घटनाबारे थप अनुसन्धानका भइरहेको उपरीक्षक प्रधानले बताएका छन् ।