राजनीति

लोकतन्त्र बलियो बनाउनका लागि काँग्रेस मजबुत हुनुपर्छ : नेता सिंह 

२ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र बलियो बनाउनका लागि काँग्रेस मजबुत हुनु पर्ने बताएका छन् । शनिवार काठमाडौँ प्रतिनिधि सभा क्षेत्र नम्बर -१ क्षेत्रीय सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

उनले नेपाली काँग्रेसलाई विधि अनुसार चलाउनुपर्ने भन्दै सङ्गठन  राम्रो र बलियो बनाउँदै नागरिकहरूमा  सकारात्मक राजनीतिक सन्देश दिनु पर्ने बताएका छन् । नेता सिंहले २०४६ को परिवर्तन आएकोमा खुसी नभएकाहरू अहिले पनि समाजमा विद्यमान रहेको बताए ।

नेता सिंहले नेपाली काँग्रेस अहिले पनि कमजोर नभएता पनि केही पार्टीमा सुधार गर्नुपर्ने अवस्था आएको बताए छन् ।