समाचार

एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक भोलिदेखि

२ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक आइतबार ३ भदौमा सुरु हुने भएको छ ।

आज केन्द्रीय कार्यालयमा बसेको पार्टीकोसचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रमुख खतिवडाका अनुसार दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा छलफल हुनेछ । त्यस्तै, समाजवादीले आगामी माघमा राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ ।