राजनीति

कांग्रेस काठमाडौं १ को महासमिति सदस्यमा प्रबलले ल्याए सर्वाधिक मत, अरु को-को भए निर्वाचित ?

२ भदौं, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ को महासमिति सदस्य प्रत्यक्ष तर्फ खुल्ला सदस्यमा प्रबल थापा १२६ सर्वाधिक मतसहित महासमिति सदस्य निर्वाचित भएका छन् ।

२७ जना महाधिवेशन प्रतिनिधिबाट छानिने महासमिति सदस्यमा आज भएको निर्वाचनबाट निर्वाचित भएका हुन् । सबैलाई सर्वसम्मत गराउने प्रयास भएपनि उक्त प्रयास असफल भएपछि क्षेत्रीय सभापति प्रकाश विक्रम राणा बाहेकमा निर्वाचन भएको हो ।

अन्य निर्वाचित सदस्यहरुमा सुरज चन्द्र लामिछाने १२२, अम्बिका सुवेदी ११३, शम्भु तामाङ ११२, इन्दु थापा १११, मोहन कुमार राई १०५, रेणु दाहाल भट्टराई १०५, दिपेन्द्र श्रेष्ठ १०४, लिलेन्द्र प्रधान १०० र सारदा लामाले ९७ मतसहित निर्वाचित भएका छन् ।

वडा नं २९ का वडा अध्यक्षसमेत रहेका कुश ढकाल, प्रभावशाली नेता सुरज काफ्ले र राजेन्द्र गुरुङले राम्रो मत ल्याए पनि पराजित भएका छन् । काठमाडौं क्षेत्र नं १ कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको निर्वाचन क्षेत्र हो ।

No description available.