समाचार

प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै

३ भदौ, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । नयाँबानेश्वर स्थित संसद् भवनमा  बैठक  दिउँसो एक बजेबाट बस्ने भएको हो । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने  भन्दै लामो समयदेखि अवरोध गर्दै आएको छ ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानबाट राजश्व अनुसन्धान विभागले साउन ३ गते सुन नियन्त्रणमा लिएको थियो । उच्चस्तरीय छानबिन समिति मार्फत दोषीलाई कारबाही गर्न भन्दै नेकपा  एमालेले भने १० साउनदेखि संसद्मा अवरोध गर्दै आएको  छ ।

प्रधानमन्त्री दाहालले  संसद्को अवरोध हटाउन प्रतिपक्ष दलका शिर्ष नेतासँग  पहल गरे पनि सहमति जुटिसकेको  छैन ।  तर पनि शनिवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार देखि संसद्को अवरोध हट्ने बताएका थिए ।