समाचार

चिर्पटले हानेर श्रीमतीको हत्या

३ भदौ, काठमाडौँ । काभ्रेमा एक व्यक्तिले श्रीमतीलाई चिर्पटले हानेर को हत्या गरेका छन् ।

पाँचखाल नगरपालिका-१२ का देरामा बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीय श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले बताएका छन् ।

टाउकोमा गम्भीर चोट लागेकी कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर ११ मिनेटमा मृत्यु भएको हो । 

श्रीमतीको हत्यामा संलग्न हरी माझीलाई बालुवा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बालुवा प्रहरी चौकीले जनाएको छ ।