समाचार

बलात्कारको  आरोपमा राष्ट्रिय युवासङ्घ  बेलबारीका  अध्यक्ष  तामाङ  पक्राउ

३ भदौ, विराटनगर । बलात्कार  गरेको आरोपमा राष्ट्रिय युवा सङ्घ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बेलबारी नगरपालिका-१० का ३४ वर्षीय काशीराज तामाङलाई २० वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

 युवतीले जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।

 असार २ गते बलात्कार गरेता पनि उनी विरुद्ध किटानी जाहेरी  साउन २४ गते परेको थियो । तामाङले आफ्नै पोललाइट रेष्टुरेन्ट मा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।