समाचार

प्रधानमन्त्री दाहालले बोलायो सर्वदलीय बैठक

 ३ भदौ, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् अवरोधबारे छलफल गर्नको लागि सर्वदलीय बैठक बोलाएका छन् । 

 राष्ट्रिय मान्यताप्राप्त दलहरूलाई मध्यान्ह साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बोलाईएको हो ।

संसद्को अवरोध खुलाउनका लागि प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।