समाचार

समाजवादी मोर्चाको बैठक बस्दै

३ साउन, काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज साँझ बस्ने भएको छ । साँझ ६ बजेका लागि बैठक बस्ने तय भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

आजको बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनपछि मोर्चाको बैठक सरेको थियो । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।