राजनीति

संसद्को अवरोध हटाउनका लागि बोलाएको बैठक  निष्कर्षबिहिन  

३ भदौ, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को अवरोध हटाउनका लागि बोलाएको बैठक  निष्कर्ष बिहिन  टुङ्गिएको छ ।

प्रमुख विपक्षि दल एमालेले सुन तस्करीको छानबिनका उच्च समिति बनाउनु पर्ने अडान लिदै १० साउनदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

संसद् सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीले प्रमुख दलहरूसँग सिंहदरबारमा छलफल गरे पनि सहमति हुन नसकेको एक नेताले जानकारी दिए । 

सीआईबीले पाएको समय  दुई हप्ता मात्र भएकोले  त्यो बेलासम्म हेर्ने कि भन्ने पनि छलफल भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।