राजनीति

प्रतिनिधिसभा बैठक बस्दै नबसी ५ भदौसम्म स्थगित

३ भदौ, काठमाडौं । आजको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी ५ भदौसम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठककले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि संसद बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बोलाएको शीर्ष नेताको बैठक पनि बिना निष्कर्ष टुंगिएपछि संसद बैठक स्थगित गरिएको हो । दुबै बैठकमा एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने अडान राखेको थियो ।

दुबै पक्ष आ-आफ्नो अडानबाट पछि नहटेपछि संसदको अवरोध नहटेको हो ।