खेलकुद

स्पेनले पहिलो पल्ट जित्यो महिला विश्वकपको उपाधि

३ भदौ, एजेन्सी । स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि जितेको छ । इंग्ल्याण्डलाई १-० ले हराउँदै स्पेनले पहिलो पल्ट विश्वकप फुटबलको उपाधि जितेको हो ।

स्पेनले खेलको २९ औं मिनेटमा कप्तान ओल्गा कारमोनाले गरेको गोल नै निर्णायक भयो । १७ औं मिनेटमा स्पेनको प्रहार इङ्लन्डकी गोलकिपर म्यारी इराप्सले बचाइन् ।

त्यस्तै, खेलको ६९ औं मिनेटमा स्पेनले पाएको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाएकी थिइन् ।