राजनीति

आजको घटनाको जिम्मा उपसभामुखले लिनुपर्छ : मुख्यमन्त्री थापा

४ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उपसभामुख सृजना दनुवारका कारण सभाध्यक्षले विश्वासको मत दिनुपर्ने अवस्था आएको टिप्पणी गरेका छन् ।

मुख्यमन्त्री थापाले यो घटना वैधानिक हो वा होइन उपसभामुखले जवाफ दिनुपर्ने समेत बताए । थापाले विश्वासको मत पाएको घोषणा भएपछि पत्रकारहरुले उनलाई यो वैधानिक हो कि होइन भनी प्रश्न गरेपछि उनले जवाफमा यो परिस्थिति उपसभामुखका कारण सिर्जना भएको बताए ।

“कोशीमा हाल सभामुख छैनन् त्यसैले बैठक सञ्चालनको जिम्मेवारी उपसभामुख दनुवारको हो’, उनले अघि भने । एमालेबाट निर्वाचित दनुवार सोमबार विहान स्वास्थ्यको कारण देखाउँदै काठमाडौं गइन् । उनले बैठक सञ्चालनको जिम्मेवारी कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीलाई तोकिन् ।
थिए ।

“उहाँ यो प्रदेशसभाको सभामुख पनि होइन, उपसभामुख पनि होइन तोकिएको व्यक्ति हो । उहाँको मत दिने अधिकार प्रदेशसभाभित्र छ कि छैन ?’ थापाले प्रश्न गरे, ‘उहाँको मत दिने अधिकारलाई कुण्ठित गरेर सभामुख तोकेर उपसभामुख भाग्न मिल्छ ? उपसभामुख भाग्नुभएको छ । यो परिस्थिति निर्माण गर्ने काम उपसभामुखले गर्नुभएको छ, उहाँले जिम्मेवारी लिनुपर्छ ।”