राजनीति

प्रधानन्यायाधीशमा श्रेष्ठलाई नियुक्त

४ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सोमबार नै अनुमोदन गरेको थियो । १८ साउनमा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । अब उनी २०८१ मंसिर २१ सम्म प्रधानन्यायाधीश रहनेछन् ।