राजनीति

गृहमन्त्रीसँग झोक्किदै देउवाले भने- बालकृष्ण पक्रिने, आफ्नै पार्टीका नेता महरालाई छोड्न मिल्छ ?

४ भदौं, काठमाडौं । कांग्रेसलाई थुन्ने अनि आफ्नो मान्छे बचाउने ? भन्दैनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध खनिएका छन् ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको राष्ट्रिय दलहरूको बैठकमा कांग्रेसलाई थुन्ने अनि आफ्नो मान्छे बचाउने ? भन्दै देउवाले गृहमन्त्री माथि खनिएको एक नेताले जानकारी दिए ।

एक नेताका अनुसार बैठकमा देउवाले २–३ पटक बालकृष्ण खाँणको नाम लिँदै कृष्ण बहादुर महरा र उनका छोरालाई किन बचाएको भन्दै प्रश्न गरे । नाम के हो रे भन्दै महरा बाउछोराको नाम मिडियामा आएको र उनीहरुलाई पक्राउ नपरेको भन्दै आक्रोश पोखे । देउवाको आक्रोश मत्थर नभएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आज सभापतिज्यूलाई के भएछ ? भन्दै वातावरण सामान्य बनाउन खोजेका थिए ।

देउवालाई उपसभापति पूर्णबहादुर खड्काले पनि रोक्न खोजेका थिए । “अर्को पटक कुरा उठाउँला दाइ । यहाँ प्रसंग मिलेन भनेर पूर्णजीले भन्नुभयो । तर देउवाले केको विषय नमिल्ने ? विषय एउटै हैन ? बालकृष्ण पक्रिने आफ्नै पार्टीका नेतालाई छोड्न मिल्छ भन्नुभयो,” एक नेताले भने ।