५ भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपतिले समसामयिक राजनीतिमा विषयमा छलफल गर्नको लागि बैठक बोलाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल बताए । आजको सर्वदलीय बैठक ८ : ३० मा शीतल निवासमा बस्ने भएको छ ।
गत साउन १० गतेदेखि संसद् अवरुद्ध भइरहँदा राष्ट्रपति पौडेलले त्यसबारे छलफल गरी समाधान गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बारम्बार यस बारे छलफल गरेता पनि सहमति हुन सकेको थिएन ।
प्रधानमन्त्री दाहालले मङ्गलवार साँझ सिंहदरबारमा बोलाएका सर्वदलीय बैठकमा उच्चस्तरीय समितिमार्फत सुन तस्करीबारे छानबिन गर्ने सहमति भएपछि एमाले संसद्को अवरोध हटाउन तयार भएको छ । उच्चस्तरीय छानबिन समिति बनाउने भएपछि आज तीन बजे हुने संसद् बैठकमा अवरोध नगर्ने एमालेका एक नेताले बताए ।





