विशेष

सीआईबीले बुझायो ललिता निवास जग्गा प्रकरण  अनुसन्धान प्रतिवेदन 

५ भदौ, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

 सीआईबीले आज  ललिता निवास जग्गा प्रकरण सम्बन्धी   अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको  जिल्ला महान्यायाधिवक्ता महेश खत्रीले  जानकारी दिए ।  

सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटकमा  बालुवाटारस्थित ललिता निवासको एक सय ४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको  छ । जग्गा हिनामिना प्रकरणमा सीआईबीले  साढे २ सय जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ ।