आर्थिक

नेपालको पहिलो फोटोन नाडा अटो २०८० मा लन्च गर्ने तयारी

७ भदौ, काठमाडौँ । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एम ए डब्लु वृद्धि कर्मसियल भेहिकल्स प्रा. लि. ले यहि आउदो नाडा अटो सो २०८० मा आफ्नो EV Pickup Truck / EV Van 14/15 Seater लन्च गर्ने तयारी गरेको छ । नेपालमा उपलब्ध
हुने उक्त इलेक्ट्रिक Tm1 (EV Pickup Truck) पूर्ण रपमा नेपाली भूगोल सुहाउदो रहेको छ । यस Ev pick up Truck Tm1 ले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउनेमा कम्पनी बिवस्त रहेको जानकारी दिएका छन् ।
नेपालको चुनौती पूर्ण भू भागमा विगत २– ३ महिनामा ब्यापक सफल परीक्षणहरु पार गरिसकेपछि, उक्त Tm1 लाई नेपाली बजारमा ल्याउन लागिएको जानकारी आधिकारिक ब्यक्ति द्वारा गराइको छ । साथै EV van 14/15 seater को पनि औपचारिकरपमा यहि कार्यक्रमा लन्च गर्ने तयारी रहेको जानकारी दिएका छन् ।
कम्पनीको अनुसार यस नाडामा गाडी खरीद गर्ने ग्राहकहरुको लागी विशेष छुटको ब्यवस्था रहेको छ ।