अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा अवैध पटाका कारखानामा विष्फोट, पाँचजनाको मृत्यु

१० भाद्र, भारतको पश्चिम बङ्गालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको अवैध पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ ।

उद्धार अधिकारीहरूले घटनामा हताहत भएको पुष्टि गर्दै पटाका उत्पादन गर्ने कारखाना रहेको भग्नावशेषको थुप्रोबाट पाँच जनाको शव निकालिएको बताए ।

“अहिलेसम्म पाँच जनाको शव निकालिएको छ,” अग्नि नियन्त्रण कार्यालयका एक अधिकृत आशिष घोषले बताउनुभयो ।

दत्तपुकुरस्थित प्रहरी स्रोतका अनुसार विस्फोटमा परी अरु कैयौँको मृत्यु भएको र घाइते भएको आशङ्का गरेएको छ ।

यो समाचार तयार पार्दासम्म उद्धार कार्य जारी रहेको छ । घाइतेहरुलाई बारासातको एक अस्पतालमा लगिएको अधिकारीहरूले बताए ।