राजनीति

प्रधानमन्त्री दाहाललाई भेट्न ओली पुगे सिंहदरबार

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न नेकपा एमाले अध्यक्ष केपी ओली सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री दाहालले बोलाएपछि अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

एक नेताका अनुसार संसदमा छलफल क्रममा रहेका विधेयकलगायत विषयमा दुई नेताबीच कुराकानी भएको छ । प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणहरुको सेरोफेरोमा छलफल भएको हुन सक्ने बुझिएको छ ।

प्रधानमन्त्री दाहाल दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाने कार्यक्रम छ ।