१ आश्विन,, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षको बैठक डाकेका छन्।
नेता कोरालाले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र अर्का नेता प्रदिप पौडेलसहित नेताहरुलाई छलफलका लागि बोलाएका छन् । स्रोतका अनुसार कोइरालाले शर्मा र पौडेललाई आफ्नो समूहमा भित्र्याउनको लागि छलफल बोलाएका हुन् ।
बैठक भोलि शेखर कोइरालाको सम्पर्क कार्यालयमा हुने एक नेताले जानकारी दिए ।