१ असोज, काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई गठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर राख्ने र गठवन्धनलाई कम्जोर बनाउने षड्यन्त्र भइरहेको बताए ।
उनले अघि भने, “गठबन्धनलाई धारे हात लगाएर कम्जोर पार्नको लागि र यसबाट हम्रो पार्टीलाई निकाल्न षड्यन्त्र भइरहेको छ । त्यसबाट बच्नको लागि म सबै नेता कार्यकर्तालाई आह्वान गर्न चाहन्छु ।”
अध्यक्ष नेपालले गठवन्धन निर्माण गर्नको लागि आफुहरुको अग्रामी भूमिका रहेको बताए । कसैलाई तानेर गठबन्धनमा नल्याएको उनले बताए ।





