अन्तर्राष्ट्रिय

गाजा क्षेत्र कतै पनि सुरक्षित छैनः संयुक्त राष्ट्रसङ्घ

९ कात्तिक, गाजापट्टी, प्यालेस्टिनी अधिनस्थ क्षेत्र । संयुक्त राष्ट्रसङ्घले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ । राष्ट्रसङ्घका अनुसार अपेक्षित स्थल आक्रमणको तयारीमा इजराइली हवाई हमलाहरु बढिरहेका छन् ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफी हमलामा इजराइलले प्यालेस्टिनी क्षेत्रका लगभग सबै ठाउँमा आक्रमण गरेकाले मानिसहरूसंग केही विकल्प बाँकी नरहेको राष्ट्रसङ्घले जनाएको छ । 

“गाजा कतै पनि सुरक्षित छैन”, प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रङ्घका मानवीय संयोजक लिन हेडसनले बताएका छन्।