आर्थिक

रिलायवल लाईफको भूकम्प पीडितलाई पाँच लाख

२५ कात्तिक, काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्प र त्यसपछि आइरहेको लगातारको पराकम्पले जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका क्षेत्रहरूमा हुन गएको मानवीय र भौतिक क्षतिको खबरले हामी अत्यन्तै दुखी भएको रिलायवल लाईफ इनस्योरेन्सले जनाएको छ । । भूकम्पमा परि ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं, साथै घाइते भएकाहरूलाई शिघ्र स्वास्थ्य लाभको कामनासमेत उक्त इन्स्योरेन्सले गरेको छ ।

प्राकृतिक विपत्तिले निम्त्याएको यो कठिन घडीमा हामी सम्पूर्ण पिडित र शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने हौसला मिलोस् भनेर कामना गर्दै यस दुखद घडीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट नलगाड नगरपालिका, जाजरकोटलाइ पाचँँ लाख बराबरको न्यानो कंमल सहयोग गर्ने भएको छ ।

जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका हाम्रा सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा आ आफ्नो तरिकाले सक्दो साथ र सहयोग गरिदिन अनुरोध गरेको छ ।