७ मङ्सिर, काठमाडौं । माछापुच्छ्रे बैंकको आज बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले रोशन के.सी.लाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ ।
बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै रोशन के.सी.लाई नयाँ अध्यक्षमा चयन गरेको हो ।
रोशन के.सी. विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई मिति २०७४/०१/०४ देखि २०७५/०९/२० यसै बैंकका अध्यक्षमा रहेका थिए र हाल अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।
साथै उनी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो, कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आएका छन् ।