५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको व्यवहारप्रति टिप्पणी गर्दै उनीहरूमा अहङ्कार बढेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले रास्वपाका कतिपय सांसदहरू प्रधानमन्त्री बालेन शाहको लोकप्रियताको आडमा संसद छिरेको दाबी गरेका छन् ।
रास्वपाका दुई फरक सांसदका अभिव्यक्तिलाई तुलना गर्दै राजनीतिमा हुनुपर्ने संस्कारको चर्चा गरेका छन् ।
उनका अनुसार, एकजना सांसदले आफ्नो जितको श्रेय बालेन शाहलाई दिँदै भनेका थिए, ूमलाई के बधाई दिनुरु गत स्थानीय निर्वाचनमा जमानत जफत भएको मान्छे हुँ। जित मेरो होइन, बालेनजीको हो।ू
मिश्रले यसलाई ुविनयशीलताु को उत्कृष्ट उदाहरण मानेका छन् ।
भने, अर्का एक सांसदले आफूलाई ुजनताको मन जितेर आएकोु भन्दै घमण्ड प्रदर्शन गरेको मिश्रको आरोप छ।
उनले लेखेका छन् , बालेनजी नभएको भए फेरि जमानत जफत हुने अर्का रास्वपा सांसदले अर्को प्रसङ्गमा भन्नुभयो-जनताको मन जितेर आएको मान्छे हुँ!
रास्वपाका धेरैजसो सांसदहरू बालेन शाहको लहरका कारण निर्वाचित भएको उनको भनाइ छ ।
उनले बालेनको बुइ चढेर संसद प्रवेश गरेकाहरूले धेरै घमण्ड नगर्दा नै उनीहरूको हित हुने सुझाव दिएका छन् ।
मिश्रले अगाडि थपे , पहिलोमा विनयशीलता छ, दोस्रोमा अहङ्कार। तर दोस्रो चरित्र असाध्यै बढी देखियो, जुन राम्रो होइन। देख्दा, हेर्दा र सुन्दा जिऊ नै गह्रौँ भएर यति लेखे।





