राजनीति

प्रचण्ड, ओली र गगनहरु राजा ज्ञानेन्द्रका समर्थक देखेर त्रशित र आतंकित भएः अध्यक्ष थापा

९ मङ्सिर, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रचण्ड, ओली, गगनहरुको राजाप्रतिको धम्किपूर्ण बर्बराहटले प्रष्ट पारेको बताएक छन् ।
उनले ट्वीट गर्दै राजसंस्थाको पक्षमा देखिएको जनमतबाट उनीहरु त्रशित र आतंकित भएको दाबी गरेका छन् ।
अध्यक्ष लापाले उनीहरु साच्चिकै लोकतन्त्रवादि हुन भने जनभावनाको कदर गर्दै राजासहितको प्रजातन्त्र स्थापना गर्ने साहस देखाउन आग्रह गरेका छन् । उनले गणतन्त्रबादीहरुले बेलैमा नसोचे समयले उनीहरुलाई पछाडी छोडने आँकलनसमेत गरेका छन् ।
अध्यक्ष थापाको ट्वीटः

प्रचण्ड, ओली, गगनहरुको राजाप्रतिको धम्किपूर्ण बर्बराहटले प्रष्ट पार्छ–राजसंस्थाको पक्षमा देखिएको जनमतबाट उनीहरु त्रशित र आतंकित छन्। उनीहरु साच्चिकै लोकतन्त्रवादि हुन भने जनभावनाको कदर गर्दै राजासहितको प्रजातन्त्र स्थापना गर्ने साहस देखाउन आग्रह छ। अन्यथा समयले उनीहरुलाई पछाडी छोडनेछ