काठमाडौँ । मंसिर लागेसँगै जाडोको भान हुन थालेको छ । त्यसो त मानिसहरु गर्मीमा पनि बिरामी पर्छन् र चिसोमा पनि । विशेष गरी मौसम परिवर्तन हुने समयमा बालबालिका तथा वृद्धलाई अलिक बढी समस्या पर्छ यानिकी यो उमेरका मानिसलाई गर्मी र चिसोले चाँडै छुने गरेको पाइन्छ ।
जाडोमा विशेष रुपमा बालबालिका र ज्येष्ठ नागरिक जोखिममा हुन्छन् । ज्येष्ठ नागरिकमा उच्च रक्तचाप,दमको समस्या बढ्छ भने हृदयघात, सुगरको समस्या पनि निम्तन्छ । शिशुमा निमोनिया,फ्लुको संक्रमण वृद्धि हुने देखिन्छ । यो समयमा मानिस चिसोबाट बच्ने उपायका खोजीमा हुन्छ ।
चिसोबाट बच्न खानेकुरामा मानिसहरु धेरै खर्च गर्ने गर्छन् । त्यती मात्रै होइन कपडा तथा अन्य इलेक्ट्रिक सामानहरुमा पनि खर्च हुने गर्छ । यती गर्दा गर्दै पनि धेरैलाई चिसोले सताएकै हुन्छ ।
तर आज हामी यस्ता केही समाधानका उपायहरुका बारेमा चर्चा गर्दै छौँ, जसले तपाँईलाई चिसोबाट बच्न मदत गर्छ ।
– लसुनको सेवन
लसुनको नियमित सेवनले गर्दा टाउकोमा हुने समस्या पनि कम गर्छ । लसुनमा प्रशस्त मात्रामा एंटिबेक्टेरीयल र एंटिभाईरल गुण हुन्छ । यसले हामीलाई न्यानो राख्नुका साथै हाम्रो शरीरमा भएको कोलेस्ट्रोल पनि घटाउँदछ ।
– तील
तील पनि हाम्रो भान्सामा सहजै पाइने खानेकुरा हो । हामी तीलका विभिन्न परिकार बनाएर खान्छौ । तर जाडो महिनामा यसको प्रयोग गर्दा यसले शरीरलाई न्यानो मात्र हैन हाम्रो पाचन प्रणाली पनि सफा राख्दछ ।
–दालचिनी
दालचिनी पनि हामीले सधैँ प्रयोग गर्ने मसलाहरुमा मिलाएर खाँदा फाइदा हुन्छ । अझ जाडो महिनामा तातो दुमा शखर र दालचिनी मिसाएर खाँदा जाडो र चिसोबाट हुने रोग लाग्न दिदैन् ।
– अदुवा
अदुवा हाम्रो भान्सामा सहजै पाहिले तरकारी अथवा मसला हो । अदुवामा प्रशस्त मात्रामा एंटीअक्सीडेन्टस् पाइन्छ जसले चिसो आयाममा स्वास्थ्य रहन सहयोग गर्दछ । यसका साथ साथै यसले शरीरमा बढी भएको प्रोटिनलाई घटाउनाका साथै एसिडिटि र मेटाबोलिजमबाट हुने सबै खालका समस्याहरु हटाउन मदत गर्दछ ।
– बदाम
जाडो महिनामा नियमित बदाम खानाले हाम्रो शरीर न्यानो हुन्छ । यसले श्वास प्रश्वासमा हुने समस्या बाट पनि छुट्कारा दिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइने हुँदा मोटोपन घटाउन पनि मदत गर्दछ र शरीर फिट राख्न पनि सहयोग गर्दछ ।
यद्धपी चिसोबाट बच्नका लागि न्यानो कपडा लगाउनुपर्छ, सकेसम्म घर, कोठाको वातावरणलाई न्यानो पार्नु पर्छ । हिटरको प्रयोग गर्दा, आगो बाल्दा भेन्टिलेटर खुला राख्नुपर्छ । बिहान पूजापाठ गर्न स्नान गर्दा सकेसम्म तातो पानीको प्रयोग गर्नुपर्छ । बिहा बिहानै कसरत गर्न जानेहरूले विशेष रुपमा न्यानोे लुगा लगाएर मात्र जाने गरेमा चिसोबाट बच्न सकिन्छ ।