बीमा

राष्ट्रिय बीमा कम्पनीका सीईओ शेखर बरालले दिए राजीनामा


काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले राजीनामा दिएका छन् । उनले आज कम्पनीका अध्यक्ष समक्ष आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

सीईओ बरालले आज राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष दिनेश उपाध्ययलाई आफ्नो राजीनामा बुझाएका हुन् । कम्पनीका अध्यक्षसँग कुरा नमिलेपछि बरालले राजीनामा दिएका हुन् । सरकारले २०७९ भदौ २३ गते नियुक्त भएका बराललाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । उनले सीईओ पद सम्हालेको १५ महिनामा राजिनामा दिएका हुन् ।