राजनीति

अन्ततः रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ। महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो। यस्तै, रास्वपाले दुई जना सहमहामन्त्री थपेको छ। सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन्।

संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाएको छ। पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको महामन्त्री मुकुल ढकालले बताए।