राजनीति

मिसन ८४ ले देश बन्दैन, बरु  सकिएपछि बन्छः मेयर शाह 

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् । उनले बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका हुन् ।दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति बालेनले व्यंग्य गरे ।


‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’ र्‍यापरसमेत रहेका उनले कवितात्मक शैलीमा फेसबूकमा लेखेका छन् ।