स्वास्थ्य

खाली पेटमा लसुन, स्वास्थ्यको लागि अमृत

काठमाडौँ। तपाइलाई सुन्दा अचम्म लाग्न सक्छ , लसुनको खेति गर्न थालेको पांच हजार वर्ष भैसक्यो। मानव स्वास्थ्यको लागि एकदमै गुणकारी मानिने लसुनले धेरै रोग निवारण गर्न मदत गर्दछ। लसुनको टुप्पो बिहान खाँदा स्वास्थ्यलाइ धेरै फाइदा गर्दछ। लसुनको विशेषताको अध्ययन गर्दा एन्टीबायोटिक रहेको पत्ता लगाइएको छ। खाली पेटमा लसुन खाँदा पेटमा भएको ब्याक्टेरियालाई मारिदिन्छ। विहान खालि पेटमा मन तातोपानी संग लसुन खाएमा शरीरलाई निकै फाइदा गर्दछ। लसुनका एकमात्र फाइदा नभएर लसुनले हातमा आउने मुसा र फंगस हुँदा दल्न सकिन्छ। यसलाई छालाको रोगबाट बच्नको लागि पनि प्रयोग गर्ने गरिन्छ। लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ ।

लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ । लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ । लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन । स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ ।

एजेन्सीको सहयोगमा।