काठमाडौँ। एकीकृत समाजवादीले महाधिवेशन सार्ने भएको छ। हिजो बसेको केन्द्रिय सचिवालयको बैठकले माघमा तोकिएको महाधिवेशन जेठ मा सारेको हो। प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले ३ गते देखि ७ गते सम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। मदन आश्रित को स्मृति दिवसको अवसरमा महाधिवेशनको उद्घाटन गर्न लागेको बताइएको छ।
बैठकले महाधिवेशनको तयारीको लागी मङ्सिर २८ र २९ सचिवालयको बैटक , पुष १० पोलिटव्युरो र ११ र १२ गते केन्द्रिय कमिटिको बैठक राख्ने भएको छ।