आर्थिक

१६ लाख बढीको चिनी बरामद


काठमाडौं ।बजारमा चिनिको हाहाकार भैरहेको बेला सतुंगलमा तस्करीको १६ हजार किलो चिनी बरामद गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंको सतुंगलबाट उक्त परिमाणको अवैध चिनी बरामद गरेको हो। शंकास्पद रुपमा केही अघि फेला परेको ३२० बोरा हाराहारी चिनी गुणस्तर जाँचपछि अवैध आयातको भएको यकिन भएको विभागका प्रवक्ता होमनाथ भट्राइले बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र विभागको टोलीले विशेष सूचनाका आधारमा गरेको अनुगमनमा उक्त परिमाणमा चिनी बरामद गरेको थियो ।
१६ लाख रुपैयाँ भन्दा बढीको मुल्य बराबरको उक्त चिनी पहिले आयातकर्ताले भन्सारबाट लिलाम गरेर काठमाडौं ल्याएको दाबी गरेका थिए । तर गुणस्तर परीक्षणमा चिनीको आयातकर्ताको दाबी र लिलामी गरिएको चिनीको बीचमा चिनीको गुणस्तर र कागजपत्रमा फरक देखिएपछि चिनी अवैध भएको खुलेको प्रवक्ता भट्टराइले बताए ।