५ असार, काठमाडौं । अर्थमन्त्रीको स्वर्णिम वाग्लेले
बिजुलीमा कर लगाइनु स्वाभाविक भएको बताएका छन्।
आज बजेटमाथिको छलफलमा उठेका प्रश्नको संसदमा जवाफ दिँदै वाग्लेले राज्यले लामो समय छुट दिएर खर्बौँ लगानी भएको बिजुलीमा कर लगाइनु स्वाभाविक भएको बताएका हुन् ।
मन्त्री वाग्लेले कुल गार्हस्थ्य उत्पादनको बढ्दो अंश अब युटिलिटिजबाट हुने भएकाले सरकारले यसलाई ट्याक्सनेटमा ल्याउनुपर्छ भनेर कर लगाएको बताएका छन्।





