आर्थिक

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त


काठमाडौँ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन्। बैंकको मङ्सिर २० गते आइतबार बसेको संचालक समितिको बैठकले सोहि मिति देखि नै लागु हुने गरि उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुने छ ।

यस अघि उनी बैंकको कायम मुकायम सीइओ थिए । बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका ढकाल मङ्सिर ४ देखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए। यस अघि बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका श्री चन्द्र भट्टले राजिनामा दिएपछि बैंकले मङ्सिर ४ देखि लागु हुने गरि ढकाललाई कामु सीइओको जिम्मेवारी दिएको थियो।