आर्थिक

तीन वर्षको जेल बसाइपछि स्वदेश फिर्ता

भेनेजुएलाका कुटनीतिज्ञ एलेक्स साब संयुक्त राज्य अमेरिकामा तीन वर्षभन्दा लामो जेल जीवन बिताएर स्वदेश फर्किएका छन् ।

“भेनेजुएलाको सरकारले हाम्रा कुटनीतिज्ञ एलेक्स साबको रिहाई र स्वदेश फिर्तापछि खुशी व्यक्त गरेको छ । उनलाई आजसम्म अन्यायपूर्ण तरिकाले अमेरिकी जेलमा राखिएको थियो,” सञ्चार र सुचना मन्त्री फ्रेडी नानेजले एक्स (ट्वीटर) मा उल्लेख गरे ।

सरकारको आधिकारिक विज्ञप्तिमा भनिएको छ, “साबलाई अमेरिकी सरकारले एकतर्फी बलप्रयोग वा प्रतिबन्धको सामना गरिरहेका भेनेजुएलाका नागरिकको ‘सामाजिक अधिकारको रक्षा’ गर्ने प्रयासका कारण निशाना बनाएको थियो ।”

विज्ञप्तिमा भनिएको छ, “मानव अधिकार र कुटनीतिक उन्मुक्ति प्रदान गर्ने संयुक्त राष्ट्रसंघीय भियना कन्भेन्सनको उल्लङ्घन गरी उनलाई क्रूर, अमानवीय र अपमानजनक व्यवहारअन्तर्गत साढे तीन वर्ष गैरकानुनी रूपमा थुनामा राखिएको थियो । देशले उनको रिहाइ र स्वदेश फिर्तालाई गर्वका साथ स्वागत गर्दछ ।”

सन्देशमा सञ्चारमन्त्री नानेजले काराकासले भेनेजुएलाका सबै जनताविरुद्ध अमेरिकी सरकारले लगाएको आपराधिक नाकाबन्दीको निश्चित, तत्काल र निःशर्त अन्त्य गर्न पनि माग गरेका छन् ।

साबलाई सन् २०२० को जुन १२ मा केप भर्डमा अन्तर्राष्ट्रिय आपराधिक प्रहरी सङ्गठन (इन्टरपोल) ले गिरफ्तार गरेको थियो र अक्टोबर २०२१ मा भेनेजुएला सरकारले उनको गिरफ्तारीलाई ‘अपहरण’ को संज्ञा दिएको थियो । उनलाई संयुक्त राज्य अमेरिका लगेको थियो । उनको गिरफ्तारीपछि काराकास मेक्सिकोमा भेनेजुएलाको विपक्षीहरूसँगको वार्ताबाट पछि हटेको थियो