समाचार

अध्यक्ष ओलीको प्रश्नः भारतबाट मिचिएको भूमी फिर्ता गर्ने कार्यमा किन बोल्न नसकेको ?

१६ पौस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिपी कोईरालाको मेलमिलाप दिवशको बिषयमा धारणा राखेका छन् । उनले आफु मेलमिलाप दिवशको अवशरमा बिबादास्पद कुरा गर्न नचाहने भन्दै मन्त्री कोरिया जाने हुलमा किन गएको, बिदेशमा किन मारिए, हुलमा गोलीमात्र नचलाएको भन्दै बन्दुकको कुञ्जाले हानेर मान्छे मारिएको परिस्थिति गम्भीर भएको बताए ।
अनलाईनखबरले सरकारले नालायकी गर्दापनि एमाले के हेरेर बसेको भनेर आलोचना गएको कुरा गलत प्रचार भएको भन्दै सरकारले गरेका गलत कृयाकलापको बिरोध गर्नुपर्ने बताए । उनले सामन्तबादको अबशेस बिश्वबाटै हटेको भन्दै जनतालाई बर्सौसम्म चुसेर गरिव बनाउने राजसँस्था ल्याउने कुरा असम्भव भएको बताए ।
आज नेपाली काँग्रेसले गरेको काठमाडौंको विपी कोईरालाको मेलमिलाप दिवशको कार्यक्रममा बोल्दै राजतन्त्र फाल्तु गफ भएको बताए । उनले नेपाल्ी काँग्रेस र गठबन्धन दल उस्तै उस्तै भएको बन्दै एकता के मा हो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताए, उनले प्रतिष्पर्धा स्वस्थ्य हुनुपर्ने बताउँदै दलहरु सबै लोकतन्त्रको रक्षाका लागि सबै दलहरु एकढिक्का रहेको स्पष्ट गरेका छन् । उनले आफुहरुको कपाल त्यसै नफुलेको भन्दै नेपालमा राजतन्त्र वा तानाशाही ब्यवस्था कुनैपनि हालतमा आउन नदिने प्रतिबद्धता ब्यक्त गरेका छन् । शान्ती, शुसासन, विकासका पक्षमा सबै एक स्थानमा हुनुपर्ने बताउँदै नेपाली काँग्रेसले एक तलामात्र भएको घर खोजेको हो र ? भन्ने प्रश्न गरे ।
उनले पुर्खाले तोपसँग खुकुरी जुधाएको अवस्थामा बर्तमान अवस्थामा आँखा जुधाएर बोल्न पनि नसक्ने अवस्था श्रृजना भएको भन्दै त्यसमा विचार गर्नुपर्ने बताए । उनले नेपालको १६१६ मा मिचिएको जमिनलाई भारतबाट फिर्ता ल्याउनुपर्ने भन्दै त्यसमा कुरा गर्न सक्नुपर्ने बताए । उनले भारत एउटा मित्र भएको भन्दै मित्रसँग कुरा गर्न सक्नुपर्ने बताए । उनले राष्ट्रिय स्वार्थमा कुरा गर्न सकिन्छ तर स्वाभिमानमा होईन भने । उनले काँग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले राखेको शुसासन भनेको कुरालाई सहमती गर्न सकिने बताए । उनले योग्य मान्नेलाई फ्रि प्रतिस्पर्धा गराउन सकिने अवस्था भए स्वीकार्य हुने भन्दै छल्छाम गर्दै आफ्ना मान्छे भर्ना गरे आफुलाई मान्य नहुने बताए । गणतन्त्र, लोकतन्त्र, शान्ती, बिधि आदिमा मेलमिलाप गर्नसकिने बताए ।