कृषि

स्थानीय उत्पादनको बजारीकरण गर्ने व्यवस्थापनको पक्षमा छौँ : मन्त्री भुसाल

१६ पुस, चतवन । कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादन बढाउन किसानलाई आग्रह गरेएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–३ माझ गाउँमा सुरु भएको प्रथम सुन्तला महोत्सवको आज शुभारम्भ गर्दै उनले उत्पादित बस्तुको बजारीकरणका लागि सरकारले सहयोग गर्ने जानकारी दिए ।

मन्त्री भुसालले सङ्घीय सरकारले स्थानीय तहमा कृषि बजार प्रवद्र्धनको नीति लिएको बताए । उनले भने, “सरकारले स्थानीय स्तरमै कृषि बजार प्रवद्र्धनको नीति लिएको छ । स्थानीय तहले चाहेको अवस्थामा सङ्घीय सरकारले सहयोग गर्छ, स्थानीय उत्पादनको बजारीकरण गर्ने व्यवस्थापनको पक्षमा छौँ, यदि स्थानीय बजारले मात्र पुग्दैन राष्ट्रिय स्तरमा पु¥याउनुपर्छ त्यस्ता धेरै उत्पादनहरु छन भने त्यसका निम्ति सरकारले सहजीकरण गर्छ, राष्ट्रिय बजारमा पनि बिक्री हुन सकेन भने त्यसका निम्ति वैदेशिक बजार खोज्ने नीति पनि सरकारले लिएको छ ।”

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले  किसानलाई सुन्तलाखेतीमा हौसला प्रदान गर्न तथा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले सुन्तला महोत्सव आयोजना गरिएको बताए । उनले भने, “यहाँका सुन्तला निकै स्वादिष्ट छ,  देशका विभिन्न बजारमा पुग्छ तर इच्छाकामनाको सुन्तला  भनेर उपभोक्तालाई थाहा हुँदैन, यस महोत्सवले  इच्छाकामनाको सुन्तला भनेर  चिनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।”

महोत्सवका अवसरमा पहिलो दिन किसान, जनप्रतिनिधि र कृषि विशेषज्ञबीच अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको थियो । सुन्तला महोत्सव यही पुस १८