शिक्षा

त्रिवि उपकुलपति नियुक्तिको लागि पुन: दरखास्त आह्वान

२२ पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको सूचना रद्द गरिएपछि पुन: दरखास्त आह्वान भएको छ गत शुक्रबार जारी भएको सूचनामा रहेका बुँदाको आलोचना भएपछि प्रधानमन्त्रीले तत्काल दरखास्त आह्वान रद्द गर्न निर्देशन दिएपछि दरखास्त रद्ध गरिएको थियो।

फेरी आज उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

नयाँ सूचनामा कुनै प्रावधान उल्लेख नगरी ‘छनोट तथा सिफारिससम्बन्धी कार्यविधि-२०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ’ भनिएको छ ।