अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा गाजामा कम्तीमा २० जनाको मृत्यु

२८ पुस, काठमाडौं । इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ ।

प्यालेस्टिनी सिभिल डिफेन्सको भनाइकाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, “गाजा शहरको अल–दराज नजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ ।“ मध्य गाजा शहरको अल–दराज छिमेकमा ठूलो भीडन्त भएको थियो ।