आर्थिक

उपकार लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

२९ पुस, काठमाडौं ।  उपकार लघुवित्त वित्तीय संस्था लि.को पाँचौ वार्षिक साधारण सभा कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा उपकार लघुवित्त वित्तीय संस्था लि.की अध्यक्ष श्रीमती शान्तिदेवी ढकालको अध्यक्षतामा  एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ ।

सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ ।

साथै सभाले संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट सि.ए.भगवती रेग्मी र सि.ए. निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।