साहित्य

तीन कविलाई व्यथित काव्य सम्मान

२२ माघ, काठमाडौँ । साहित्यिक पत्रकार सङ्घले समकालिन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी मुकारुङलाई वर्ष २०७५, क्षेत्रीलाई वर्ष २०७७ र कार्कीलाई वर्ष २०७९ को व्यथित काव्य सम्मान प्रदान गरे ।

सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा डा लक्ष्मणप्रसाद गौतमले सम्मान पाउनुहुने कविहरुको परिचय गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काँइला, अध्यक्ष राधेश्याम लेकाली, कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले मन्तव्य राखेका थिए ।