बीमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७औँ वार्षिक साधारण सभा सम्पन्न

२९ माघ, काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेको ६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सोमबार कम्पनीले सातौं वार्षिक साधारण सभा, कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न गरेको हो ।

सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका साथ शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर र ०.८४ प्रतिसत नगद लावंश पारित, सो अनुरुप पूँजी वृद्धि गर्ने र प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारीत गरेको छ ।

वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट सञ्चालक डा. भिष्म कार्की र दिवेश लोहनी निर्विरोध निर्वाचित भएका छन् ।

यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी ४ अर्व ६४ करोड पुरा भएको छ । वार्षिक साधारण सभामा शेयरधनीहरुले राख्नु भएका जिज्ञासाहरु उपर कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुले जवाफ दिएका छन ।