राजनीति

गगनको प्रस्तावमा नेता जितजंगले भनेः ‘पार्टीको विधानले युथ कांग्रेस चिन्दैन, युथ कांग्रेस भनेको के हो ?

४ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले ‘पार्टीको विधानले युथ कांग्रेस चिन्दैन । युथ कांग्रेस भनेको के हो ?’ भनेका छन् ।
उनले केन्द्रीय समिति बैठकमा बोल्दै नेपाली काँग्रेसका माहामन्त्री गगन कुमार थापाले भनेको युथ काँग्रेसबारेको साँसगठनीक प्रतिबेदनको कडा रुपमा आलोचना गरेका छन् ।
नेपाल तरुण दलका पुर्वअध्यक्षसमेत रहेका नेता बस्नेतले महामन्त्री थापाको प्रतिबेदनको नेपाली काँग्रेस नभएर अर्को पार्टीको प्रतिबेदन जस्तो भएको बताएका छन् ।
फागुन ७ गतेबाट गोदावरीमा नेपाली काँग्रेसको महासमिति बैठक शुरु हुन अगाडी बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको प्रस्तावका बिरुद्धमा नेता बस्नेतले कडा रुपमा आफ्नो वैचारिक उपस्थिति देखाएका छन् ।